चिसो मोैसम र तातो राजनीति - Himal Post Himal Post
  • १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
Logo

चिसो मोैसम र तातो राजनीति



हरि थापा

राजनितिको रापले जनताको चिसो पटकै छेक्न सकेन न्यानो दिलाउँन सकेन,जति जति राजनिति तात्दै जान्छ चिसो झन झन बढ्दै गईरहेको अबस्था छ नागरिकको मृत्य दिन प्रतिदिन बढ्दै गईरहेको छ।

जाडो भएपछि अलिअलि मान्छे मरिहाल्छनी,अब नागरिक मरे भन्दैका सरकार पनि मर्नु त?यस्ता अापत कति अाउँछन र अाईपरेका छन्। नेपाली जनतामा धैर्यताको कमि छैन्।अझ भन्ने हो भने ज्याद्रा भईसके यस्ता समस्या सँग डराउदैनन् बरु मर्छन तर सरकारलाई एक बचन केहि भन्दैनन्।यसमा सरकार पक्ष पुर्ण विश्वस्त छ।

वास्तवमा सुगमका मान्छे त थाकिसके, दुरदराजका नागरिकले अावाज कसरी निकाल्न सकुन?अनि सरकार पनि त यस्तै चाहन्छ।सरकारको लागि यस्ता घटना सामान्य हो।यस्तो घटना भईरहन्छ।यो कुनै नयाँ घटना हैन यसलाई सरकारले स्वभाविक ठान्छ।

यहाँ सरकार देश बनाउने मेलोमा लागिपरेको छ।राजनितिक बहस मज्जाले तातिरहेको छ।तातो महल भित्र हपहप गर्मि सहदै सत्ताको अंकगणितिय भागबण्डा हुदै छ।

यहाँ पिर जनताको छैन, कसले सरकार चलाउने! कसको मान्छे कुन पदमा नियुक्त गर्ने, कुन मन्त्रालय कसको भागमा पार्ने,ठुलाठुला टेण्डर कसको हातमा थमाउने यस्ता बहसबाहेक नागरिकका बारेमा त्यति साह्रो बहस भएको सुन्न पाईदैन।

उनिहरु राजनितिक भागबण्डा कै वरिपरि फनफनी रिगंटा लाग्ने गरि घुमिरहेका छन।बाहिर घाम लाग्यो पानी पर्यो मोैसम के छ मतलब छैन्। भित्र चिसो भए हिटर बाल्यो गर्मि भए एसी खोल्यो ।अनि किन मतलब गरिरहन पर्यो र मोैसको बारेमा…

उनिहरु असाध्यै अस्तब्यस्थ छन,सरकार बनाउने गृहकार्य गरिरहेका छन,तैपनि मेलोमेसो पत्ता लागेको छैन अन्दधुन्दा दोैडिन भने छाडेका छैनन्।

यस्ता जाबो नागरिक मरे!सरकारलाई के फरक पर्छ।तर नागरिक मरुन वा बाचुन उनिहरुको प्रयास देश बनाउँने तर्फ निरन्तर अग्रसर भईरहन्छ।

देश बनाउँने अार्थिक कायपलट गर्ने अन्तिम उदेश्य लिएर हिडेका छन हाम्रो नेतृत्व तहमा अासिन हाम्रा प्रतिनिधीहरु।उनिहरुको एउटै उदेश्य हो अार्थिक विकास।उनिहरुको मुखबाट अाजकल अार्थिक विकास बाहेक अन्य नारा सुन्न समेत पाईदैन ।

सरकारको ध्यान यता भईरहदा “राष्ट्रिय राजनीति तातेको बेला देश चिसोले कठ्यांग्रिएको छ”।जाजरकोटका जनता झाडापखालाले थला परेको छ।तराईका जिल्लाहरूमा शीतलहर अत्याधिक बढेको छ चिसो कै कारण कहिले सिद्दिने कुरामा नागरिक अनविज्ञ छन्।बेलुका सद्दे सुतेको मान्छे बिहान कहिल्यै नब्युँझने गरि चिर निद्रामा पर्नेहरुको सङ्ख्या उतिकै बढिरहेको छ।

जाजरकोटमा झाडा पखलाको कारण यति जनाको मृत्यु,उति जनाको मृत्यु तराईको चिसो को कारण नागरिकको मृत्यु मर्नेको सङ्ख्या यति पुग्यो,फलानो ठाउँमा यति लुटपाट उति लुटपाट बलत्कारले बालिकाको मृत्यु,यातयता कार्यलय,श्रम कार्यलयमा घुष लिदालिदै कर्मचारी पक्राउ,
दलालको कारण विदेश पुगेको नेपाली चेलिको बिचल्नी अादिईत्यादी कुराले समचार रङ्गिएका हुन्छन।

अनि यसो हेर्यो मानहानीको मुद्दा नै लागेपनि लागोस् भन्ने लाग्छ जोडजोडले चिच्याउन मन लाग्छ तर बहिरो सरकारले सुन्दिएँ पो! यहाँ जति चिच्याएँ पनि सुन्नपर्नेले सुन्दैनन् जब चिच्याएको सुन्दैनन् भने बेकारमा घाटी सुकाएँर के गर्नु।

यस्तै यस्तै बेतिथीको घटना सुन्दा दिक्क लागेर अाउँछ मन भारी भएर अाउँछ अाफ्नो हातमा तालाचावी भए अधिकार भए कसरी पाता फर्काउथे भन्यो रिसले चुर भयो बस्यो।जसको हातमा अधिकार छ उनिहरुलाई यस्ता झिनामसिना कुराको मतलब छैन।तातेको राजनिती उस्तै छ सेलाउने लक्षण देखिएको छैन कहिले सम्म तातिरहने हो यसको रापले कति नागरिक सिद्दिने हो।अहँ !पत्तो छैन।

यो देशमा ठुलाठुला अपराध गर्ने ज्यानमार्नेहरु ठुलाठुला घटना घटाउने अभियुक्तहरु सधै फरार हुन्छन।तर घटना भने घटाईरहन्छन ,उस्तै परे प्रधानमन्त्रीको विशेष कार्यक्रममा देखिन्छन उच्चस्थरिय भेटघाटमा संलग्न देखिन्छन तर यता प्रहरीहरु उसकै खोजीमा जागिर खाईरहेका हुन्छन,तलब पाईरहेका हुन्छन्। जोडदार रुपमा खटिरहेका हुन्छन्। उनिहरुको अाखाँले देख्दैन तर अन्य मिडिया र सर्वसाधरण जनताको अाखाँले छर्लङ्ग देख्छ।

कथनकदाचित समातेका अभियुक्त पनि सरकारले ठेगाँन लगाउन सक्दैन उल्टै धरोैटीमा उन्मुक्ति दिन्छ ।
अनि हामी निरास भएर समचारका हेडलाईन हेर्दै मुर्छा पर्नु सरकारलाई थुईक्क भन्नु बाहेक हाम्रो तागत केहि चल्दैन हामी मर्न सक्छोै तर त्यस्ता अभियुक्त मार्न सक्दैनोैँ लाचारी भएर टुलुटुलु हेर्नु सिवाय केहि गर्न सकिन्न ।

कुरो जाडोकै छ जताततै जाडोले कठ्याङग्रिएका फाटेकाे एक सरो कपडा लगाएको ब्यक्ति देख्दा मन त्यसै भक्कानिन्छ।तर पनि हैसियत नभएपछि दयाँमायाँले मात्र के थेग्दो रछ र!

यहाँ समवेदनाको जरुरत छैन फेरि यो अहिले मात्र अाएको समस्या हो र?यस्ता समस्या बर्षेनी अाउने भएपछि सरकारले ध्यान दिनु पर्दैन,पुर्वतयारी गर्नु पर्दैन?हजारोैँले यस्तै अापतकालिन ब्यबस्थापन गर्ने फाँटमा जागिर खाएका छन।बरु अभियन्ताहरुले न्यानो बाडिरहेका छन सरकारको पक्षबाट खासै सक्रिय भएको देखिदैन्।कहि कतै बाडेपनि पर्याप्त छैन भन्ने कुरा नागरिकको मृत्युले स्पष्ट पारिसकेको छ।

चिसोकै कारण नागरिकको मृत्यु हुन लज्जास्पद कुरा हो। सरकार र सम्बन्धित निकायलाई लाज हुनुपर्छ।तर यहाँ लाज सजिलै पाचक विना पचाईदिन्छन।

यो मुलुक वैरिको मुलुक भन्दा पनि खतम भईसक्यो।मानवता भन्ने भावनाविहिन मुलुक भयो!यहाँ हुने खाने मात्र बाच्न सक्छन! हुदा खानेको जिवन यस्तै हो ।

यस्तो जुनि त विश्वका कुनै पनि देशका नागरिकले भोग्न नपरोस् विश्वका नागरिकले भोगनु वा नभोगुन तर नेपाली जनताले भोग्न बाध्य भएका छन।कारण एउटै छ लाचार सरकार जब सम्म सरकारले अाफु लाचारी भएको महशुस गर्दैन तबसम्म जनताले जुनि जुनि सम्म पनि सरकार भएको अाभाष गर्दैनन्।

केहि वर्ष यत्ता देश यसरी थच्चारिएको छ कुरा गरिसाध्य छैन।वैशाष बाह्रको कालो दिन पछि देश टुहुरो भयो नागरिक टुहुरा भए जनधनको ठुलो क्षति भयो।तर तिनिहरुलाई मलम लगाउन भनि विभिन्न संघसंस्था खडा गरियो।राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख पटक पटक फेरिए तर जनताको घर फेरिएन न्यानो अाभाषको महशुस गर्न पाएनन् एक बर्ष दुई बर्ष तिन बर्ष सहजै बित्यो तर नागरिकले सरकार छ छैन भन्ने कुराको महशुस गर्न सकेनन् ।

सरकारले नागरिकलाई हामी छोैँ भन्ने अाभाष दिलाउन सकेन्।अन्तत:मर्ने त मरि गए बाच्नेलाई पनि एक मुठ्ठी सास कसरी टिकाउने र ज्यान कसरी जोगाउँने भन्ने डर,त्रास सँगै जिउदो लास भएर बाच्न बाध्य भएका छन।