मुलुकभर चिसो बढ्दैछ ,छिटफुट वर्षा हुन सक्ने

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा चिसो ह्वात्तै बढेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानको काठमाडौंको तापक्रम ५ दशमलव ८ डिग्री सेल्सियस रहेको थियो ।
मंसिर पहिलो साताबाटै चिसो बढ्न थालेको महाशाखाले जनाएको छ ।
बुधबार भारतको जम्मु काश्मीर हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर चिसो बढ्दैछ भने छिटफुट वर्षा हुन सक्नेछ ।

