नेकपा धोकेबाज भन्दै कांग्रेस छिर्नेको लहर - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

नेकपा धोकेबाज भन्दै कांग्रेस छिर्नेको लहर



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा रामेछापका ५१ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा नेतृत्वले देश र जनताको सपनामाथि कुठाराघात गरेको भन्दै उनीहरू कांग्रेस प्रवेश गरेका हुन् ।

रामेछाप–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित एक कार्यक्रममा कांग्रेस नेता प्रदीप पौडेलले नेकपा रामेछापका ५१ कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

सम्पर्क समितिको आयोजनामा भएको उक्त कार्यक्रममा पौडेलले उनीहरुलाई टीका, माला र खादा ओढाएर पार्टीमा प्रवेश गराएका थिए । रामेछाप पकरबासका रोशन बुडाथोकीको नेतृत्वमा ५१ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रामेछाप कांग्रेस सभापति लवश्री न्यौपाने सहभागी थिए । जिल्लाका नेता रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा रोशन बुडाथोकी, कृष्णहरि खड्का, अमित कार्की, हेमबहादुर कार्की, तुलाबहादुर कार्की, अनिल थापामगर, कृष्ण श्रेष्ठ, मोहनकुमार भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, पदमबहादुर मोक्तान, पासाङ लामा, मोती घिसिङ, सन्देश लामा, गोपी खत्री, जीवन श्रेष्ठ, मिलन श्रेष्ठ, रोजबहादुर लामा, प्रकाश थापा, सुजन मोक्तान, सागर योन्जन, सुरेन्द्र पण्डित, गणेश पण्डितलगायत छन् ।