ललितपुर प्रमुख चिरीबाबु अस्पताल भर्ना - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

ललितपुर प्रमुख चिरीबाबु अस्पताल भर्ना



ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन अस्पताल भर्ना भएका छन् । मंगलबार उनको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिएको छ ।

आइतबार अपराह्नबाट पेट दुख्ने समस्या आएपछि उनी अस्पताल भर्ना भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

सुमेरु सिटी अस्पतालका जनरल सर्जन, युरोलोजिष्ट डा रवीनबाबु बस्नेतको टोलीले उहाँको शल्यक्रिया गरेको उनले बताए । शल्यक्रियामा संलग्न चिकित्सक डा बस्नेतले दिनुभएको जानकारीअनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । – रासस