छिन्ताङमा मारिएका १६ जनालाई सरकारद्वारा सहिद घोषणा ! - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

छिन्ताङमा मारिएका १६ जनालाई सरकारद्वारा सहिद घोषणा !



काठमाडौं- २०३६ सालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई सरकारले सहिद घोषणा गरेको छ।

आज बिहान सकिएको मन्त्रिपरिद् बैठकले यस्तो निर्णय गरेको हो।

२०३६ कात्तिक २७ गते छिन्ताङमा प्रहरीले गोली चलाउँदा १६ जनाको ज्यान गएको थियो। तत्कालीन पञ्चायती सरकारले धनकुटाको खाल्सा क्षेत्रका खोकु, छिन्ताङ र आँखीसल्लाका १६ सर्वसाधारणको हत्या गरेको थियो।

आजको बैठकले प्रदेश राजधानी र प्रदेश प्रमुखबारे भने निर्णय गर्न सकेन तर अन्य ७ वटा निर्णय भने गरेको छ।