ट्रम्पलाई चीनको जवाफ: तिम्रा कमजोरी ढाक्न हामीलाई दोष नदेउ - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

ट्रम्पलाई चीनको जवाफ: तिम्रा कमजोरी ढाक्न हामीलाई दोष नदेउ



एजेन्सी- चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा जवाफ फर्काएको छ । आफूलाई असफल बनाउन चीनले जे पनि गर्नसक्ने ट्रम्पको अभिव्यक्तिलाई लिएर चीनले जवाफ फर्केको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले आफ्ना कमजोरी ढाक्न अरूलाई दोष दिएर नहुने भन्दै अमेरिकी जनताले सबै बुझेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी निर्वाचनमा आफूलाई हराउन चीनले जे पनि गर्न सक्ने अभिव्यक्ति दिएपछि चीनले त्यसको जवाफ दिएको हो।

‘अमेरिकाको राष्ट्रपतीय निर्वाचन उसको आन्तरिक मामिला हो। हामीलाई त्यसमा हस्तक्षेप गर्ने कुनै सरोकार छैन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले पत्रकार सम्मेलनमा भने, ‘हामीलाई आशा छ अमेरिकी जनताले आफ्नो चुनावी राजनीतिमा चीनलाई तान्ने छैनन्।’

गेङले चीन पनि कोरोना भाइरस महामारीबाट पीडित भएकोले आफूहरुलाई दोष नदिन आग्रह गरे।

‘महामारीका लागि केही नेताहरुले चीनलाई दोष दिइरहेका छन्। त्यसले अमेरिकाकै कमजोरीलाई प्रकट गर्छ,’ उनले भने, ‘दुश्मन भनेको भाइरस हो, चीन होइन। यो कुरा अमेरिकाले बुझ्न जरुरी छ।’