चिनियाँ सेनाले लद्दाखमा आधुनिक तोप तैनाथ गरेपछि भारत तनावमा
बेइजिङ- लद्दाखमा भारत र चीनबीच चलेको तनावको समयमा ग्लोबल टाइम्सले भारत बिरुद्ध मनोवैज्ञानिक लडाईँ सुरु गरेको छ । पहाँडमा युद्धअभ्यास तथा ट्यांकको भिडियो सार्वजनिक गरेपछि ग्लोबल टाइम्सले अत्याधुनिक तोपको धम्की दिएको छ ।
भारतसँगको तनावलाई मध्यनजर गर्दै चिनियाँ सेनाले आफ्नो सर्वाधिक आधुनिक तोप पीसीएल–१८१ लद्दाख सीमामा तैनाथ गरेको दावी ग्लोबल टाइम्सले गरेको छ ।
भारतसँगको तनावकाबीच समावेश गरियो तोप
हालमात्र यो तोपलाई सीमामा तैनाथ गरिएको ग्लोबल टाइम्सले जनाएको छ । पीएलएको ७५ औं ग्रुप आर्मीका अनुसार आउने ब्रिगेडले हालैमा दक्षिणी सीमामा आयोजित समारोहमा कयौ नयाँ हतियार समावेश गरेको छ ।
सवारी साधनमा चल्ने यो तोप १५५ एमएमको हो र यसलाई पहिलो पटक २०१९ को १ अक्टोबरमा नेशनल डेमा सेनाको परेडमा समावेश गरिएको थियो ।
वजनमा हलुका, पहाडमा कारगर
यो तोपको वजन केवल २५ टनको रहेको ग्लोबल टाइम्सले जनाएको छ । स्वाचालित यो होभित्जर तोप सहजै लामो समयका लागि लैजान सकिन्छ ।
यो भन्दा पहिले यो तोपको वजन ४० टन हुने गरेको थियो । वजन कम भएकै कारण अक्सिजन कम भएको उचाईमा पनि यो तोप सहजै लान सकिन्छ ।
कलाममा पनि तैनाथ गरिएको छ तोप
ग्लोबल टाइम्सका अनुसार चिनियाँ सेनाले २०१७ मा डोकलाम विवादको समयमा पनि पीसीएल–१८१ तैनाथ गरेको थियो । यसले सीमामा शान्ति कायम गर्न सहज भएको थियो । उक्त समयमा भारत र चीनबीच ताजा विवाद सुरु भएको ग्लोबल टाइम्सले जनाएको छ ।
ग्लोबल टाइम्सका अनुसार पीसीएल–१८१ को तैनाथी शनिबार भारत–चीनबीच भएको सकारात्मव वार्ता पहिलेनै भएको ग्लोबल टाइम्सले जनाएको छ ।