प्रचण्डसँग छलफल सकाएर माधव नेपाल निवासमा हानिए चिनिया टोली - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

प्रचण्डसँग छलफल सकाएर माधव नेपाल निवासमा हानिए चिनिया टोली



काठमाडौं- नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग डेढ घण्टा भेटवार्ता गरेको छ।

बिहानै खुमलटार पुगेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डले सुरुमै अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका थिए।

प्रचण्डसँगको वार्तापछि चिनियाँ टोली नेकपाकै अर्का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर हानिएको छ ।

यसअघि चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री तथा नेकपा (ओली खेमा) का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो।

आइतबार दिउँसो करिब साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको चिनियाँ टोलीले भेटको क्रममा नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी भएको जनाइएको छ ।

नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो।

सार्वजनिक कुनै जानकारी नदिइ राजनीतिक भेटघाट गरिरहेको टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र राती प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो।