राष्ट्रपति निवास पुग्यो चिनियाँ टोली - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

राष्ट्रपति निवास पुग्यो चिनियाँ टोली



काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभागका उपमन्त्री गुओ एचौको नेपाल भ्रमण कार्यक्रम रास्ट्रपतिसङ्गको भेटघाटबाट शुरु भएको छ ।

राजदूत होउ यान्छीसहित चीनबाट आएका चार र दूतावासका तीन गरी सात सदस्यीय टोली भर्खरै शीतल निवास प्रवेश गरेको छ ।

टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत नेकपाका नेताहरुसँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ।

नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजेतिर काठमाडौं आइपुगेको थियो ।