चिनियाँ नेताहरुमाथि अमेरिकाले लगायो प्रतिबन्ध - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

चिनियाँ नेताहरुमाथि अमेरिकाले लगायो प्रतिबन्ध



एजेन्सी–अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुलाई भिसा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

हङकङको स्वतन्त्रतामा हस्तक्षेपकारी भूमिका भएका नेताहलाई यस्तो प्रतिबन्ध लगाइएको हो। यो प्रतिबन्ध पार्टीका वर्तमान तथा पूर्व पदाधिकारीमा लागू हुनेछ।

विदेशमन्त्री पोम्पियोले हङकङको स्वायत्तता मास्ने गरी सुरक्षा कानुन प्रस्ताव गर्ने बेइजिङलाई कारबाही गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबद्धताअनुसार चालिएको कदम हो।

चीनले भने अमेरिकाको यो निर्णय गलत भएको भन्दै तत्काल फिर्ता लिनुपर्ने बताएको छ। चिनियाँ संसद बैठक बस्नुअघि अमेरिकाको यो निर्णय आएको हो।

हङकङमाथि लगाइने नयाँ कानुनका विषयमा आइतबारदेखि सुरु हुने चिनिया पिपुल्स कंग्रेसको स्थायी कमिटि बैठकमा छलफल हुने बताइएको छ। चीनले बेइजिङका अधिकारीविरुद्ध लाग्ने कार्यलाई अपराधको श्रेणाीमा राख्दै नयाँ सुरक्षा कानुन प्रस्ताव गरेको छ।

यसका साथै चीनले हङकङमा पहिलोपटक आफ्नै सुरक्षा निकाय स्थापना गर्नसक्ने अनुमान गरिएको छ। यो कानुनविरुद्ध हङकङमा चीनविरुद्ध आन्दोलन सुरु भएको छ।