ओली पक्षकै नेताहरूले गरे पार्टीको नाम र सुर्य चिन्ह नपाउने संकेत - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

ओली पक्षकै नेताहरूले गरे पार्टीको नाम र सुर्य चिन्ह नपाउने संकेत



काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक रूपमा विभाजन भैसकेको छ । दुई समूहबीच अबको विवाद भने झनै उग्र बन्ने देखिएको छ । दुवै पक्षले पार्टीको सम्पत्ति, नाम र चुनाव चिन्हबारे आफ्नै दाबी गरिरहेका छन् ।

पार्टीको सम्पत्ति, नाम र चुनाव चिन्ह ‘सूर्य’ आफ्नो पक्षमा पार्नका लागि कानुनी लडाइँमा लागिरहेका बेला ओली पक्षले भने नाम र चुनाव चिन्ह आफूहरूले नपाउने करिव करिव स्वीकार गरेको छ । आफू आधिकारिक पार्टी भएको भन्ने दाबी गरिरहेको ओली समुहले सुदूरपश्चिम प्रदेशका आफ्नो पक्षका कार्यकर्ताहरूको भेलामा भने सोहि पक्षका नेताले चुनाव चिन्ह र नाम उनीहरूले नपाउने स्वीकार गरेका छन् ।

काठमाडौं कार्की बैंक्वेटमा भएको स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री लेखराज भट्ट र सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले निर्वाचन चिन्ह गौण र प्राविधिक भएको भन्दै आफूहरूले नपाउने संकेत गरेका छन् ।

भट्टले भने, ‘धेरै भ्रममा हुनुहुन्छ । अदनालतका नाममा भ्रम छन् । छाप कता जान्छ भन्ने कुरा गौण प्रश्न हुन् । पार्टी आन्दोलनलाई एक ठाउँमा ल्याउने कि नल्याउने भन्ने मूल प्रश्न हो ।’ पार्टीलाई अगाडि बढाउनका लागि नेता र कार्यकर्ता लाग्नुपर्ने र आउने परिस्थिति मानेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । देशभर पार्टी संगठनलाई विस्तार गर्नुपर्ने उनले बताए ।

त्यस्तै, नेकपा ओली पक्षका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले सूर्य चुनाव चिन्ह कता पर्छ भन्ने प्राविधिक कुरा भएको बताए । ‘चुनाव चिन्ह कता जान्छ भन्ने कुरा प्राविधिक हो । त्यो भए पनि, नभए पनि हामीले अगाडि बढ्नुपर्छ । पार्टी निर्माण गर्नुपर्छ,’ थापाको भनाइ थियो ।

उता दाहाल-नेपाल पक्षले भने बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा भएकाले नाम र चुनाव चिन्ह आफ्नो हुनुपर्ने भनिरहेका छन्