नयाँ बानेश्वरबाट ३७ जना चिनियाँ नागरिक पक्राउ - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

नयाँ बानेश्वरबाट ३७ जना चिनियाँ नागरिक पक्राउ



काठमाडौँ — टेलिफोन कल बाइपास गरेको आरोपमा चिनियाँ नागरिकसहित ३७ जना व्यक्तिहरू नयाँ बानेश्वरबाट पक्राउ परेका छन् । सोमबार राति नयाँ बानेश्वरबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।

अनलाइनको माध्यमबाट जुवा खेलाउने तथा धम्क्याउने गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । अहिले उनीहरू सबैलाई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको बताइएको छ । फाइल तस्वीर