नेपाललाई चीनको साथ: २० हजार अक्सिजन सिलिन्डर नेपाल आइपुग्दै - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

नेपाललाई चीनको साथ: २० हजार अक्सिजन सिलिन्डर नेपाल आइपुग्दै



काठमाडौं- महामारीमा चीन सरकार नेपालको साथमा उभिने बहेको छ । अनियन्त्रित बनेको संक्रमण नियन्त्रणमा सहयोग गर्न चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्ने भएको छ ।

भारत र नेपालमा अहिले अक्सिजन अभाव भैरहेको बेला चीनले यति ठुलो मात्रामा अक्सिजन सहयोग गर्ने भएको हो । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोरोनाका बिरामीलाई अक्सिजन अभाव नहोस भन्नका लागि नेपालको आग्रहमा चीनले २० हजार थान अक्सिजन सिलिन्डर सहयोग गर्न लागेको बताए ।

चीनले दिने भनेको अक्सिजन सिलिन्डर ल्याउने तयारी भैसकेको बताइएको छ । अबको केहि दिनभित्रमा नेपालमा २० हजार थान अक्सिजन सिलिन्डर आइपुग्ने बताइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुसँग आयोजना गरेको सामूहिक छलफलका क्रममा नेपाललाई ५० लाख आरएमबी (९ करोड १८ लाख बढी) को बराबरको स्वास्थ्य सामग्री दिने घोषणा गरेको थियो ।

यसैगरी ,गत साता सरकारले नेपालका अक्सिजन उद्योगका प्रतिनिधिहरुको छलफल पछि २० हजार थान सिलिन्डर खरीद गर्ने र त्यसको सोधभर्ना सरकारले गरिदिने बताएको थियो ।