चीनबाट नेपाली ल्याउनुपूर्व सरकारले यी तयारी गर्नुपर्छ - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

चीनबाट नेपाली ल्याउनुपूर्व सरकारले यी तयारी गर्नुपर्छ



डा. रवीन्द्र पाण्डे

चीनबाट नेपाली ल्याउनुपूर्व सरकारले यी तयारी गर्नुपर्छ ।

उनीहरु पनि सुरक्षित होउन, यहाँ कसैलाई नसरोस् भन्ने प्रत्याभूति सरकारले दिनुपर्दछ । चीनको वुहानमा फसेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तब्य हो ।

उनीहरु संक्रमित नहोलान, तर १ जनामात्र संक्रमित भएमा त्यो संक्रमण धान्न मुस्किल पर्नेछ ।

१. चालक दललाई त्यहाँ सुरक्षित रुपमा पुर्याउनु पर्दछ । त्यहाँका नेपालीलाई आइसोलेसन गाउन, ह्याण्ड ग्लोभ, मास्क, हेड क्याप लगाएर ल्याउनुपर्छ ।

२. ती १८० जना मध्ये १ जनालाई पनि संक्रमण नभएको ग्यारेन्टी हुनु पर्दछ । १-२ जनालाई संक्रमण भएको रहेछ भने प्लेनभित्रका सबैजनालाई सर्न सक्छ ।

३. यहाँ एयरपोर्टमा ल्याण्ड गरेपछि आइसोलेसन सेन्टरमा पुर्याउने बेला अरुलाई नसरोस् भनेर विश्वस्त उपाय अपनाउनुपर्छ ।

४. आइसोलेसन सेन्टरमा १ कोठामा १ जना राख्ने, एट्याच बाथ रुम हुनुपर्ने, एकलाई अर्कोसँग भेट नगराउने, भर्यांग/ सिंढी / कोरिडोरमा एकअर्कोको सास नजाने बातावरण मिलाउनुपर्छ ।

अन्यथा ती १८० जना मध्ये एकजनालाई रहेछ भने पनि अरुलाई सर्न सक्छ । होटेलमा वा होस्टेलमा राखे जस्तो कोठा सेयरिंग गर्न मिल्दैन ।

५. उनीहरुलाई खाना, पानी, पत्रिका, पुस्तक आदि पुर्याउनको लागि सुरक्षित उपायको ब्यबस्था गर्नुपर्छ ।

६. आइसोलेसन सेन्टरको फोहोर जलाउने ब्यबस्था गर्नुपर्छ ।

७. त्यो केन्द्र वरिपरीको बस्तीलाई रोग नसर्ने प्रत्याभूति गराउनुपर्छ । बस्ती भएको ठाउँमा आइसोलेसन सेन्टर राख्न मिल्दैन ।

८. आइसोलेसन केन्द्रमा नियमित जाँचको ब्यबस्था मिलाउनु पर्छ । त्यसको लागि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई सुरक्षित बनाउने उपायको व्यवस्था गर्नुपर्छ ।

९. १४ दिन आइसोलेसन केन्द्रमा राखेपछि उनीहरु १०० % निस्संक्रमित भएको आधिकारिक रिपोर्ट दिएर परिवारलाई जिम्मा लगाउनुपर्छ ।

१०. लामो मानसिक पीडा भोगेका उनीहरुलाई मनोवैज्ञानिक परामर्शको ब्यबस्था गर्नुपर्ने हुनसक्छ ।

११. आइसोलेसन सेण्टरलाई सधै निर्मलिकरण गर्नुपर्दछ। १४-१८ दिनसम्म त्यहॉ बसेर घर फिर्ता भएपछि त्यो केन्द्रलाई पूर्णरुमा sterilized गर्नुपर्छ।
.
. डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ