चीनसंग पनि सेटीङ मिलाउंदै माधव नेपाल - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

चीनसंग पनि सेटीङ मिलाउंदै माधव नेपाल



काठमाडौं । सत्तारुढ दल नेकपाभित्र यतिवेला अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच एक अर्कामा आरोप प्रत्यारोप चलिरहेको छ । यही बिचमा नेता नेपाल भने चीन भ्रमणमा निस्किएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली अमेरिकामा रहेको बेला नेता नेपालले स्थायी समितिको बैठक बोलाएर अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्ध धावा बोलेका थिए । नेता नेपालको उक्त भेलालाई अर्का नेता बामदेव गौतमले साथ दिएका थिए ।

छुट्टै भेलाको आयोजना गर्नु ठीक एक दिन अघि नेता नेपालले संसदमा सरकारविरुद्ध कडा आलोचना गरेका थिए । उनले माझी दाई देश डुब्न लाग्यो आएर बचाईदेउ भन्दै प्रधानमन्त्रीविरुद्ध जेहाद छेडेका थिए । त्यसपछि ओली पक्षधर नेताहरु नेता नेपालको उक्त कदमलाई लिएर असन्तुष्ट छन् । यही विषयमा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विटरमार्फत नै आफ्नो आक्रोश पोखेका थिए । तर, उनले नेता नेपालप्रति लक्षित गरेर ट्विट गरेलगत्तै योगेश भट्टराईलेपनि कडा जवाफ दिँदै आफ्नो ट्विटर ह्याण्डलिंगमा पोष्ट गरेका थिए ।

नेता नेपाल आज चीन पुगेका छन् । चीनमा उनले आफू अनुकुलको राजनीतिक सेटिंग गर्ने उनी निकठ उच्च स्रोतको दाबी छ । उता प्रधानमन्त्री ओली फर्किएपछि के गर्ने ? भन्नेबारे अहिले आन्तरिक छलफलमा जुटेका छन् । ओली भने यतिवेला कोष्टारिकाको भ्रमणमा छन् । दुवै नेता विदेशमा एक अर्काविरुद्ध कसरी अघि बढ्ने भनेर योजना बुन्नमै व्यस्त रहेको बुझिएको छ ।

यता अर्का अध्यक्ष प्रचण्डले भने माधव नेपालको उक्त कदमलाई लिएर फोनमार्फत असन्तुष्टि पोखेका छन् । प्रचण्डपनि यतिवेला पत्नी सिताको उपचारको लागि सिंगापुरमा छन् । उनले आज नेता नेपाललाई फोन गरेर केही कुरा बुझेका थिए । पार्टीको बारेमा केही असन्तुष्टि भए पार्टीभित्रै त्यो पनि बैठकमै राख्न आग्रह गरेका थिए ।