चीनमा फेरि कोरोना संक्रमित भेटिए - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

चीनमा फेरि कोरोना संक्रमित भेटिए



काठमाण्डाै – चीनमा फेरी कोरोना संक्रमित भेटिएका छन् । बिहीबार चीनमा एक जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे पुष्टि भएकाे छ ।

समाचार एजेन्सी राेयटर्सले चीनकाे स्वास्थ्य विभागकाे रिपाेर्टलाई उद्धृत गर्दै भनेकाे छ, ‘चार वटा यस्ताे मामिला पनि सार्वजनिक भएकाे छ, जसमा सङ्क्रमणकाे कुनै लक्षण देखिएकाे छैन ।’ याे घटना जुन ३ तारिखकाे हाे ।

नेशनल हेल्थ कमिसनका अनुसार सबै सङ्क्रमित चीनबाहिरबाट आएका व्यक्तिमा देखिएकाे हाे । उनीहरुले भर्खरमात्रै विदेशकाे यात्रा गरेका थिए ।

गएकाे जुन २ तारिखमा पनि पाँच जनामा काेराेना पुष्टि भएकाे थियाे, जसमा सङ्क्रमणकाे कुनै लक्षण देखिएकाे थिएन ।

चीनले सङ्क्रमित हुनेकाे सङ्ख्याकाे रेकर्ड राख्ने क्रममा लक्षण नदेखिएका सङ्क्रमितलाई गन्दैन ।

चीनमा अहिलेसम्म ८४ हजार एक सय ५९ जनामा काेराेना सङ्क्रमण देखिएकाे छ भने चार हजार ६ सय ३८ जनाकाे ज्यान गएकाे छ ।