प्रधानमन्त्री ओलीले भने: चीनसँगको सम्बन्धले नयाँ उचाइ लियो - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

प्रधानमन्त्री ओलीले भने: चीनसँगको सम्बन्धले नयाँ उचाइ लियो



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध पछिल्ला वर्षमा नयाँ उचाइमा पुगेको बताएका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ ये चौसहितको प्रमण्डलसँग गए राति भएको भेट वार्तामा प्रधानमन्त्री ओलीले चीनले गर्दै आएको सहयोग र सहकार्य यथावत् रहने विश्वास व्यक्त गरेको बताएका छन् ।

सो अवसरमा उपमन्त्री गुओले चिनियाँ राष्ट्रपति सि चीनफिङले नयाँ वर्ष २०२१ का लागि पठाउनुभएको शुभकामना सन्देश प्रधानमन्त्री ओलीलाई सुनाउँदै चीन र नेपालबीचको आपसी सम्बन्ध तथा दुई कम्युनिष्ट पार्टीबीचको भाइचारा सम्बन्ध गाढा हुँदै गएकामा खुशी व्यक्त गरेको बताइएको छ ।

उक्त प्रमण्डलले गए राती राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेको थियो ।