चीनले लगायो अमेरिकी पत्रकारलाई प्रतिबन्ध - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

चीनले लगायो अमेरिकी पत्रकारलाई प्रतिबन्ध



एजेन्सी – चीनले अमेरिकाका तीन प्रमुख पत्रिकाका पत्रकारलाई दिएको अनुमति रद्द गर्ने बताएको छ।

उसले अमेरिकाले चिनियाँ सञ्चारमाध्यमलाई अमेरिकामा बन्देज लगाएको जवाफस्वरुप त्यसो गरेको जनाएको छ।

अनलाइनमा बुधबार प्रकाशित गरेको एउटा वक्तव्यमा चीनको विदेश मन्त्रालयले दि न्यू योर्क टाइम्स, वाल स्ट्रिट जर्नल र वाशिंगटन पोष्टका चीनस्थित संवाददाताहरुलाई दिइएको प्रेस अनुमति पत्र खारेज गर्ने जनाएको छ।

उसले ती पत्रकारहरुको २०२० सम्म म्याद रहेका प्रेस कार्डहरु १० दिनभित्र फिर्ता दिन समेत भनेको छ।

चीन सरकारले उनीहरुलाई मुख्यभूमि चीन, हङकङ तथा मकाउमा समेत बन्देज लगाएको बताएको छ।

अमेरिकी ट्रम्प प्रशासनले पाँच चिनियाँ मिडियालाई विदेशी नियोगको रुपमा तोक्दै सञ्चारमाध्यमको रुपमा काम गर्न बन्देज लगाएपछि त्यसको जवाफस्वरुप सो कदम उठाएको बताइएको छ।

चीनियाँ मिडियालाई अमेरिकामा अनुचित दमन गरेको जवाफमा यो लिनैपर्ने जवाफी कदम उठाएको चीनले बताएको छ।