नेपाली खेलाडीको कमाल : चीन १० विकेटले पराजित - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

नेपाली खेलाडीको कमाल : चीन १० विकेटले पराजित



काठमाडौं – मलेसियामा जारी एसीसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । बुधबार नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।

किनारा ओभल मैदानमा भएको खेलमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको चीन २३ ओभर एक बलमा सबै विकेट गुमाउँदा ५३ रनमात्र बनाउन सफल भयो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले चार ओभर पाँच बलमा लक्ष्य हासिल गरेको हो ।

नेपालको जितमा प्रारम्भिक ब्याट्सम्यान पवन सर्राफले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा ४६ रन बनाए । त्यस्तै रित गौतमले १० रन बनाए ।

यसअघि चीनका लागि गुहाओ गाओ र लिआङ्ग चेनले सर्वाधिक १३–१३ रन बनाएका थिए । यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सागर ढकाल एक्लैले ६ विकेट लिएर नौ ओभर एक बल बलिङ गरेका उनले तीन ओभर मेडन राख्दै १९ रन दिएर ६ विकेट लिएका हुन् ।

त्यस्तै तिलकराज भण्डारीले तीन र कमलसिंह ऐरीले एक विकेट लिए ।