चीन भ्रमण: रेलका चर्चा बढी तेलको कुरै गर्न सकेनन ओली
काठमाडौं – नाकान्दीका बेला पेट्रोलियम पदार्थ आयातमा भारतको एकाधिकार तोड्ने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट इन्धन ल्याउन पहल गर्ने विषयमा पछि हटेका छन् ।
इन्डिया आयल कर्पोरेसन (आइओसी) को विकल्पमा करिब ३३ प्रतिशत इन्धन चीनलगायत अन्य मुलुकबाट ल्याउन सक्ने निर्णय गरेका ओली यति बेला भने त्यसबारे मौन छन् ।
नाकाबन्दीताका पनि प्रधानमन्त्री रहेका ओलीले यस्तो निर्णय गरेका थिए आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।
इन्धन आयातमा भारतको विकल्प खोज्ने बताउँदै आएका ओलीले यसपटकको चीन भ्रमणमा यो अजेन्डा नै राखिएन ।