चीनमा फेरि भेटियो नयाँ भाइरस: कैयौंको मृत्यु, संक्रमित सय पुग्न थाले
एजेन्सी- चीनबाट नै सुरू भएको कोरोना भाइरसले विश्व हल्लाइरहेका बेला चीनमा भने अर्को खतरनाक भाइरस भेटिएको छ । जसका कारण कैयौं मानिसको ज्यान गएको बताइएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि विश्व ब्यस्त भएको बेला देखिएको यस्तो भाइरसको खबरले दुनियाभर सनसनी मच्चाएको छ ।
चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको भनिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।
यसैबीच चीनमा फेरी अर्को नयाँ भाइरसको संक्रमण फैलिएको बताइएको छ । एक किराको टोकाईबाट सर्ने यो संक्रमणले अहिले चीनमा ८ जनाको मृत्यु भएको छ भने ९० जना भन्दा धेरै संक्रमित भएका छन् ।
यो भाइरसका कारण थ्रोम्बोसाइटोपेनियाको साथमा धेरै खोकी लाग्ने गर्दछ । अहिले चीनका स्वास्थ्य अधिकारीहरु यस भाइरसका कारण चिन्तित बनेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ठूलो संख्यामा चीनको जिग्यांशु र अनहुई प्रान्तमा यो भाइरसबाट मानिसहरु संक्रमित बनेका छन् ।
यो भाइरस टिक नामको किराको टोकाईबाट मानिसमा सर्दछ । चिनियाँ भाइरस विशेषज्ञले भाइरस मानिसबाट मानिसमा सर्ने भएकोले सतर्क रहन भन्दै चेतावनी दिएका छन् ।
थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम भाइरस (एसएफटीएसबी) हुँदा खोकी धेरै लाग्छ ।यो भाइरसको पहिचान पहिला एक दशक अगाडि सन् २००९ मा चीनको एक शोधकर्ताहरुको टिमले पत्ता लगाएको बताइएको छ ।