नेपालसंग चीनको लज्जास्पद हार: २ ओभरमै खेल खत्तम - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

नेपालसंग चीनको लज्जास्पद हार: २ ओभरमै खेल खत्तम



काठमाडौं : आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ।

मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा चीनको २७ रनको चुनौती नेपालले दास्रो ओभरमै भेट्टायो। नेपालले पहिलो ओभरमै २१ रन लिएको थियो।

नेपालका लागि बसन्त भण्डारीले २४ रन बनाए भने प्रदीपसिंह ऐरीले ४ रन बनाए।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन बनायो। चीनका लागि होङ जिङ यानले ११ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।

खेलमा चीनले ९ रन अतिरिक्त पाएको थियो।  चीनको व्याटिङ लाइनलाई धरासायी पार्न नेपालका सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित राजबंशीले समान तीन तीन विकेट लिए।