चीनविरुद्ध बलिङ गर्दै नेपाल - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

चीनविरुद्ध बलिङ गर्दै नेपाल



काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो खेलमा नेपालले अहिले चीनसँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

चीनले पहिले ब्याटिङ गर्नेछ । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । आजको खेलमा चीनलाई पराजित गर्दै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ ।

उपाधि दावेदार नेपालले चीनपछि सिंगापुरसँग खेल्नेछ । नेपाल रहेको समूह ए मा चीन र सिंगापुर रहेका छन् । गत संस्करणमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो ।