चीनमा भेटिए ४६ जना नयाँ संक्रमित: - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

चीनमा भेटिए ४६ जना नयाँ संक्रमित:



एजेन्सी- चीनमा शनिबार फेरी नयाँ संक्रमित भेटिएका छन् भने ६ जना संक्रमितको ज्यान गएको खबर छ ।

पछिल्लो २४ घण्टाभित्र चीनमा विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) का ४६ नयाँ संक्रमित देखिएका छन्। जसमध्ये ४५ अन्य देशबाट आएका यात्रुमा संक्रमण पुष्टि भएको हो।

शनिबार मध्यरातीसम्ममा भाइरसबाट थप ६ जनाको ज्यान गएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले उल्लेख गरेको छ। यससँगै चीनमा भाइरस संक्रमणबाट मर्नेको संख्या ३ हजार २६१ पुगेको छ। यसैगरी ८१ हजार ५४ मा संक्रमण पुष्टि भएको छ।

जसमध्ये ७२ हजार २४४ को सफल उपचार भएको छ। शनिबार मात्रै ५०४ बिरामीलाई डिस्चार्ज गरिएको स्वास्थ्य अधिकारीले बताएका छन्।

गत डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको भाइरस अहिलेसम्म १८४ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ। साथै १३ हजार ४९ को ज्यान गइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ।