चीन सरकारद्वारा मासु खान योग्‍य पशुको सूची तयार - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

चीन सरकारद्वारा मासु खान योग्‍य पशुको सूची तयार



एजेन्सी- चीन सरकारले मासुका लागि गरिने पशुपालनको सूची तयार गरेको छ । नोभेल कोरोना भाइरस जनवारबाट सरेको भन्‍ने विभिन्‍न अध्‍ययनहरुले सुझाइरहेका बेला चीन सरकारले भने मासुका लागि कुन-कुन पशु पाल्‍न हुने भनेर सूची तयार गरेको हो ।

चीनको वुहानमा जंगली जनावरबाट कोरोना भाइरस सरेको आशंका गरिएको छ । बेइजिङले यसअघि नै जंगली जनावर र यिनीहरुको मासु बिक्री वितरणमा रोक लगाइसकेको छ ।

चीनको कृषि मन्त्रालयले कुन-कुन पशु पाल्‍न हुने भनेर बुधबार सूची तयार गरेको हो । तर, यो पारित भने भइसकेको छैन । जसमा सुँगुर, गाई, कुखुरा र भेडासँगै मृग, अस्ट्रिजको मासु खान योग्य हुने बताइएको छ ।

कुकुरको मासुमा भने प्रतिबन्ध लगाइएको छ ।

अहिलेसम्म कोरोना भाइरस कुन जनावरबाट फैलियो भन्‍ने विषयमा वैज्ञानिकहरुले प्रमाण भेटाउन सकेका छैनन् । उनीहरुले चमेरो, जंगली बिरालो र पांगोल्‍नबाट मानिसमा कोरोना सरेको विषयमा अध्ययन गरिरहेका छन् ।

कोरोना भाइरसका कारण विश्वभर १६ लाख मानिस संक्रमित भएका छन् भने ९५ हजारको मृत्यु भइसकेको छ ।