चीनका पूर्व उपअर्थमन्त्रीलाई १५ बर्षको जेल - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

चीनका पूर्व उपअर्थमन्त्रीलाई १५ बर्षको जेल



बेइजिङ । चीनका पूर्व उपअर्थमन्त्री झाङ शाओचङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला सुनाइएको छ । लाखौ रुपैयाँ अनियमिता गरेको आरोपमा उनलाई जेल सजायको फैसला भएको अधिकारीहरले जानकारी दिएका छन् ।

उनले अवैध तरिकालै कमाएको सवै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ । त्यस बाहेक उरुलाई ६० लाख यआन जरिवाना पनि तोकिएको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अदालतले सन् १९९५ देखि २०१८ को बीचमा उनले विभिन्न पदमा रहँदा पदीय अधिकारको दरपयोग गरी व्यक्तिगत र व्यापारिक फाइदा लिएको पाइएको जनाएको छ ।  उनले उपहार तथा रकमका रुपमा झण्डै ६ करोड ६९ लाख ८० हजार यआन लिएको पनि अदालतले जनाएको छ । -एजेन्सी