चिनियाँ विदेशमन्त्रीसँग टेलिफोन वार्ता: नेपाललाई ५ लाख खोप दिने
काठमाडौं- नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियां विदेशमन्त्री वाङ यीबीच शुक्रबार साँझ टेलिफोन वार्ता भएको बताइएको छ ।
फोनवार्तामा चिनियां विदेशमन्त्रीले चीन सरकारले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि पांच लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको परराष्ट्रमन्त्रालयले जनाएको छ । यसअघि नेपालका लागी चिनियां राजदूत होउ यान्छीले तीन लाख डोज खोप उपलब्ध गराउने जानकारी दिएकी थिईन ।
फोन वार्तामा नेपालको पछिल्लो राजनैतिक अवस्थाको वारेमा समेत छलफल भएको स्रोतको दावी छ । चिनियां दूतावासमा प्रवक्ता झांग सीले दुवै देशका विदेशमन्त्रीबीच द्धिपक्षिय हित र कोरोना भाइरसको भ्याक्सिन उपलब्ध गराउनेबारे छलफल भएको बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले खोप उपलव्ध गराएकोमा चिनियां समकक्षीलाई धन्यवाद दिएका थिए । नेपालले चीनले उत्पादन गरेको भ्याक्सिनलाई नेपालमा प्रयोगका लागी अहिलेसम्म अनुमति दिएको छैन ।
चीनभन्दा पहिले नेपाललाई भारतले २० लाख खोप उपलब्ध गराइसकेको छ भने बेलायतले समेत २० लाख खोप खरिद गरेर नेपाललाई उपलव्ध गराउने प्रतिवद्धता जनाएको छ ।