चीनले बनाएको खोप सबैभन्दा सफल - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

चीनले बनाएको खोप सबैभन्दा सफल



एजेन्सी- चीनको सिनोफार्म नामक समूहले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपले शरीरमा एन्टीबडी उत्पादन गरेको अनुसन्धानकर्ताहरुले बताएका छन्।

पहिलो र दोस्रो चरणको परीक्षणमा ३ सय २० जना स्वस्थ व्यक्तिहरुमा खोप लगाएर यो जाँच गरिएको थियो।

यो खोप अहिले अन्तिम चरणको परीक्षणमा छ। जसमा हजारौँ जनालाई खोप लगाएर त्यसको प्रभावकारिता जाँच्ने गरिन्छ।

सिनोफार्मको खोप यूएईमा परीक्षण भइरहेको छ। किनभने चीनमा परीक्षणका लागि पर्याप्त संक्रमित छैनन्।

सरकारी स्वामित्वको सो खोपको थप परीक्षण पाकिस्तानमा हुने जनाइएको छ।

यो खोपले कुनै गम्भीर साइड इफेक्ट नगरेको पनि बताइएको छ। यससम्बन्धी अध्ययन जर्नल अफ द अमेरिकन मेडिकल एसोसियसनमा प्रकाशित छ।

यो खोप वर्षको अन्त्यसम्ममा तयार भइसक्ने बताइएको छ।