चीनका सहरहरूमा घरजग्गाको मूल्य अत्यधिक घट्यो - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

चीनका सहरहरूमा घरजग्गाको मूल्य अत्यधिक घट्यो



बेइजिङ । चीनका सहरहरूमा विभिन्न ठुला कम्प्लेक्स भवन तथा अपार्टमेन्टका मालिकहरू मूल्य गिरावट र खरिदकर्ताको अभावले समस्यामा परेका छन् । जसले गर्दा करोडौँको सम्पत्ति खेर जाने जोखिम बढेको छ ।

गत सेप्टेम्बरदेखि नै चीनका ७० प्रमुख सहरहरूको अवस्था हेर्दा विशेषगरी सहरहरूमा घरजग्गाको मूल्य लगातार घटिरहेको देखिएको थियो । २०२१ मा ऋणमा डुबेका निर्माता कम्पनीहरूमाथि सरकारले कडाइ गर्न थालेपछि नै सम्पत्ति खरिदकर्ताहरूमा उत्साह घट्न सुरु भएको हो । जसले तरलता संकटसमेत निम्त्याएको थियो । यसपछि चीनमा देशव्यापी रूपमा पहिलोपटक घरजग्गाको मूल्यमा गिरावट आयो ।

अहिले यसैका कारण साधारण सरसामानजस्तै लुगा कपडामा खर्च गर्नसमेत उपभोक्ताहरू कम इच्छुक बन्दै गएको पाइएको छ । कोभिड महामारीले पहिले नै उपभोगमा गिरावट ल्याउँदा अर्थतन्त्र नराम्ररी प्रभावित भएको थियो । रिटेल व्यापार घट्नुले चीनका ३१ प्रमुख सहरमा अहिलेसम्मकै ठुलो बेरोजगारी सिर्जना भएको छ ।

विशेषगरी त्यहाँका साना सहरहरू घरेलु सम्पतिको ठुलो हिस्सामा पर्दछन् । यसकारण पनि स्थानीय घरजग्गा बजारमा थोरै पनि कमजोरीको संकेत देखिए, यसले उपभोक्ताको विश्वासमा पनि सिधै नकारात्मक असर पार्ने हुँदा रिटेल व्यापारमा समेत गिरावट ल्याइदिन्छ ।