चीनले भारतलाई भन्यो: कोरोनासँग लड्न हामी साथमा छौँ - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

चीनले भारतलाई भन्यो: कोरोनासँग लड्न हामी साथमा छौँ



एजेन्सी- कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिरहेको बेला चीनले भारतलाई सकेसम्म सहयोग गर्ने वचन दिएको छ।

शुक्रबार चिनियाँ अधिकारीहरुले दक्षिण एसियाली मुलुकका अधिकारीहरुसँग गरेको भिडियो कन्फ्रेन्समा चीनले सहयोगको बाचा गरेको हो।

‘कोभिड–१९ विरुद्धको लडाइँमा भारतसँग सहकार्य गर्न र क्षमताले भ्याएसम्म सहयोग गर्न चीन तयार छ,’ भारतका लागि चिनियाँ राजदूत सुन वेइदोङले भनेका छन्।

शुक्रबार नै चीनले विश्वका चिकित्सकहरुसँग भिडियो कन्फ्रेन्समार्फत कोरोनाको उपचार अनुभव बाँडेको थियो।