चिनियाँ राजदूतले भनिन्: 'नेपालीहरूले छिट्टै कोभिड महामारीमाथि विजय प्राप्त गरुन' - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

चिनियाँ राजदूतले भनिन्: ‘नेपालीहरूले छिट्टै कोभिड महामारीमाथि विजय प्राप्त गरुन’



काठमाडौँ- अनुदानमा उपलब्ध गराएको अक्सिजन र भेन्टिलेटरको फोटो राख्दै चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना नियन्त्रणक लागि चीन साथामा रहेको बताएकी छन् । उनले ‘नेपालीहरूले छिट्टै कोभिड महामारीमाथि विजय प्राप्त गरुन’ भन्दै कामना समेत गरेकी छन् ।

अनुदानमा उपलब्ध गराएको अक्सिजन र भेन्टिलेटरको पहिलो खेप मंगलबार काठमाडौँ आइपुग्‍ने उनले जानकारी समेत गराएकी छन् । उनले ट्वीटरमा लेखेकी छिन्, ‘मैत्रीपूर्ण नेपाली नागरिकले महामारीविरुद्ध शीघ्र विजय प्राप्त गर्नेछन भन्‍ने हाम्रो कामना छ।’

यान्छीले चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चिनियाँ अधिकारीले हात मिलाएको तस्बिर पनि सार्वजनिक गरेकी छन् । अक्सिजन सिलिण्डर लिनका लागि नेपाल वायुसेवा निगमको (सोमबार) एयरबस ३३० जहाज चीनतर्फ राति साढे ११ बजे उड्नेछ । अक्सिजन सिलिन्डर लिएर मंगलबार बिहान ८ बजे स्वदेश आइपुग्‍ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर ल्याइनेछ । १ सय ७० थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको मन्त्रालयका कोरोना फोकल पर्सन महेन्द्र श्रेष्ठले जानकारी दिए ।

चीनबाट कुल २० हजार सिलिन्डर ल्याउने तयारी सरकारले गरेको छ। पहिलोचरणमा ४ सय थान मात्र ल्याउन लागिएको हो । पछिल्लो समय मुलुकमा दोस्रो चरणको कोभिड फैलिएपछि अक्सिजनको माग ह्यवात्तै बढेपछि । सरकारले सिलिण्डर अभाव भएपछि पहिलोपटक चीनबाट ल्याउन लागेको हो ।