कोरोना चीनबाट होइन युरोपबाट फैलिएको तथ्य भेटियो - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

कोरोना चीनबाट होइन युरोपबाट फैलिएको तथ्य भेटियो



एजेन्सी- एक नयाँ अध्ययनले अमेरिकाको न्यूयोर्क सहरमा पहिलो संक्रमित फेला पर्नुभन्दा पहिले मध्य फेब्रुअरीबाट नै कोरोनाभाइरसको संक्रमण फैलिसकेको देखाएको छ ।

सो क्षेत्रमा एसियाभन्दा युरोपबाट आएका यात्रुहरुले भाइरसको संक्रमण फैलाएको उक्त अध्ययनमा उल्लेख गरिएको छ ।

‘अधिकांश युरोपियन थिए,’ यसबारे अध्ययन गरेका माउन्थ सिनाईस्थित इकान स्कूल अफ मेडिसिन जेनेटिक विज्ञ हार्म भान बाकेल भन्छन् ।

न्यूयोर्क विश्वविद्यालयको ग्रोसम्यान स्कूल अफ मेडिसिनको एक छुट्टै टोलीले गरेको अध्ययनमा पनि यस्तै निष्कर्ष निकालिएको छ । उनीहरुले छुट्टै केसहरुको अध्ययन गरेका थिए ।

दुवै टोलीले मध्य मार्चमा न्यूयोर्कका संक्रमितबाट लिएको कोरोनाभाइरसको जीनोम (genomes) को अध्ययन गरेका थिए ।

अध्ययनले शुरुवातमा नै ब्यापक परीक्षण गरेको भए लुकिरहेको संक्रमणलाई फेला पार्न सकिने पनि तथ्य औँल्याएको छ ।

गत जनवरी ३१ राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको यात्रा गरेका विदेशी नागरिकलाई मात्र अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए । न्यूयोर्क टाइम्स