चीनबाट फैलिएको होइन रहेछ कोरोना: अमेरिकाकी अनुसन्धान
काठमाडौं- चीनको वुहानमा देखिएको कैयौँ साता पहिले नै कोरोना भाइरसबाट संक्रमित भइसकेको एक अनुसन्धानले देखाएको छ ।
अमेरिकाका वैज्ञानिकले गरेको नयाँ अनुसन्धानले भाइरसले त्यसभन्दा हप्तौंअघि अमेरिकाका मानिसलाई संक्रमण गरिसके को देखाएको हो ।
अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) का वैज्ञानिकले गरेको अनुसन्धान विवरण क्लिनिकल इन्फेन्क्शियस डिजिज नामको पत्रिकामा छापिएको छ।
अहिलेसम्मको विवरण अनुसार आधिकारिक रुपमा कोरोना भाइरसबारे ३१ डिसेम्बर २ हजार १९ मा चीनको वुहानबाट चेतावनी आएको देखिन्छ ।
त्यसबेला चीनको वुहानमा रहेको हुबेई प्रान्तका स्वास्थ्य अधिकारीले एक चेतावनी जारी गर्दै यस्ता मामिलाको पहिलो पटक पुष्टि गरेका थिए । चेतावनी पत्रमा संक्रमित भएका मानिसमा निमोनियाको गम्भीर लक्षण देखिएको उल्लेख थियो ।
तर महामारी शुरु भएको ११ महिनापछि शोधकर्ताहरुले अमेरिकाको तीन राज्यका ३९ जनामा कोरोना भाइरसको एन्टीबडी भएको पत्ता लगाएका थिए । उनीहरुका अनुसार यो एन्टीबडी चीनले कोरोना भाइरससँग जोडिएको चेतावनी दिएको दुई साता पहिले नै तीन ३९ जनामा देखिएको थियो । कुनै पनि व्यक्तिको शरीरमा एन्टीबडी पाइनु भनेको उक्त मानिस कोरोना संक्रमित भएको बुझिन्छ ।
तर सीडीसीका शोधकर्ताहरु चीनमा भन्दा पहिले नै शरीरमा एन्टीबडी बनिसकेका ती अमेरिकी आफ्नै देशमा संक्रमित भए वा विदेशबाट संक्रमित भएर आए भन्ने निष्कर्षमा अझै पुगिसकेका छैनन्।