चीनमा फेरी महामारी फैलिने कोरोना एक्सपर्ट डाक्टरको दाबी - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

चीनमा फेरी महामारी फैलिने कोरोना एक्सपर्ट डाक्टरको दाबी



एजेन्सी- चीनमा कोरोना भाइरसको संक्रमितहरु कम हुन थालेको छन् । तर अझैपनि चीनमा संक्रमितहरुको संख्या भने शुन्यको अवस्थामा आउन सकेको छैन ।

चीनका प्रमुख डाक्टरले फेरी चीनमा कोरोनाको महामारी फैलिन सक्ने चेतावनी दिएका छन् ।

चीनका टप कोरोना भाइरस एक्सपर्ट ली लानजुआले आफू चीनमा फेरी कोरोनाको प्रकोप फैलन सक्ने भएकोमा अत्याधिक चिन्तित रहेको बताएका छन् ।

उनले विदेशबाट आउने मानिसहरुका कारण चीनमा फेरी कोरोना फैलिन सक्ने बताएका हुन् ।

डेली मेलका अनुसार बेइजिंगमा बस्ने डाक्टर लीले विदेशबाट आउने मामिलाका कारण फेरी पनि चीनमा महामारीको स्थिति देखा पर्ने बताएका हुन् ।

फेरी पनि चीनमा अत्याधिक संख्यामा मानिसहरु कोरोनाको शिकार हुन सक्ने अन्तर्वाताका क्रममा लीले बताएका छन् ।

आईतवार चीनको गुआनझोउमा एक एक स्थानीय व्यक्ति र अर्का विदेशबाट फर्किएका व्यक्तिमा संक्रमण पाईएको थियो ।

टर्कीबाट चीन गएकी एक महिलामा आईतवार कोरोनाको संक्रमण रहेको पाईएको थियो । र उनकै कारण एक व्यक्तिमा संक्रमण सरेको बताईएको थियो ।

डाक्टर लीले लकडाउन खुलेपछि सामान्य बन्दै गएको चीनको यो अवस्थामा उनले यस्तो चेतावनी दिएका हुन् ।

कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तस्थित वुहान शहर शुरुवाती दिनमा अत्याधिक कोरोना प्रभावित शहर हो ।

चीनमा अहिलेसम्म कोरोना भाइरसका कारण ३ हजार ३ सय ३३ जनाको मृत्यु भईसकेको छ ।

चीन पछि बिस्तारै-बिस्तारै सारा विश्वभरमै फैलिएको कोरोना भाइरसले अहिलेसम्म कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १४ लाख ४१ हजार ५८९ जनामा संक्रमण देखिएको छ भने, ८२ हजार ९३३ जनाको मृत्यु भएको छ भने ३ लाख ८ हजार ५४९ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

चाइना न्युजसँगको कुराकानीका क्रममा डाक्टर लीले कोरोनाविरुद्धको युद्ध जित्नको लागि लगातार प्रयास गर्नुपर्ने बताएका छन् ।

एक शहरबाट अर्काेमा कोरोनाको महामारी नफैलिओस् भन्नका लागि सबै आ-आफ्नो ठाउँबाट सतर्क र सजग रहेर काम गर्नुपर्ने पनि उनले बताएका छन् ।

यो जानकारी होस् कि, डाक्टर ली आफ्नो टिमसँग कोरोनाको महामारी फैलिरहेको समयमा ५० दिनसम्म वुहानमा बसेर उपचारमा खटिएका थिए ।

डाक्टर लीले चीनको बेइजिंग, शंघाई, बेनझेन जस्ता ठूला शहरमा लगातार अन्य देशहरुबाट आउने मानिसहरुको संख्या अत्याधिक हुने र त्यसको कारण कोरोना भाइरसको मामिला बढ्ने खतरा रहेको बताएका हुन् ।

उनले चिनियाँ अधिकारीहरुसँग संक्रमित भएका मानिसहरुको पहिचान गरेर रेकर्ड राख्न माग गरेका छन् । साथै उनले परिक्षण गर्न नछोड्न पनि सुझाएका छन् ।