प्रचण्डलाई चीनको दवाव: त्याग गरेरै भएपनि ओलीसँग मिल्नुहोस् - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

प्रचण्डलाई चीनको दवाव: त्याग गरेरै भएपनि ओलीसँग मिल्नुहोस्



काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको विवाद समाधान गर्न र पार्टी बिभाजन रोक्न उत्तरी छिमेक चीनबाट आएको विशेष टोलीका सदस्यले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न दवाव दिएका छन् ।

पार्टीभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपश्चात बिभाजन भएको नेकपाका दुई खेमा मिलाउन चिनिया उपमन्त्रीसहितको टोली आइतबारदेखि राजधानीमा खटिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आइतबार चार सदस्यीय टोली काठमाडौं आएको थियो । उक्त टोलीले सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर प्रचण्डलाई ओलीसंग मिल्न दवाव दिएको स्रोतले बताएको छ ।

प्रचण्ड निकट एक नेताका अनुसार चिनिया टोलीले प्रचण्डलाई ओलीसंग मिलेर अगाडी बढ्नुपर्ने भन्दै नेपालमा कम्युनिस्ट फुट्नु राम्रो संकेत नभएको बताएका थिए ।

चीनले नेपालमा कम्युनिस्ट राम्रो पोजिसनमा भए जहिले पनि मिलेर अगाडी बढ्न सकिने भएकाले त्याग गरेरै भएपनि एकता जोगाउन भन्दै उपमन्त्री कुओले आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले अहिलेसम्म पनि केहि नबिग्रेको भन्दै प्रधानमन्त्री ओली सच्चिए यो सबै सम्भव भएको बताएका थिए । ओलीले जनताको विस्वासमै प्रहार गरेको हुनाले यस्ता कार्य कम्युनिस्टले गर्न नहुने बताएका थिए ।

अध्यक्ष प्रचण्डले चिनिया टोलीसंग प्रधानमन्त्री ओलीले जनता र पार्टीको भावनाविपरित काम गरेकाले संसद विघटनको निर्णय फिर्ता गरेको खण्डमा अझैपनि उनलाई सहयोग गर्न सकिने बताएका थिए ।

चिनिया टोलीले ओलीसंग मिल्न दवाव दिईरहंदा पनि प्रचण्डले प्रतिनिधि सभा विघटनलाई फिर्ता लिने पर्ने अडान राखेका हुन् ।