तुरुन्त सेना फिर्ता लैजान भारतलाई चीनको चेतावनी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

तुरुन्त सेना फिर्ता लैजान भारतलाई चीनको चेतावनी



एजेन्सी – चीनले भारतलाई आफ्ना सेनालाई उक्साउने काम नगर्न चेतावनी दिएको छ । चीनले उत्तेजक कारवाही रोक्न र वास्तविक नियन्त्रण रेखा (एलएसी)को उल्लंघन गरेका सैनिकहरूलाई तुरुन्त फिर्ता लिन आग्रह गरेको छ ।

ग्लोबल टाइम्सकाअनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनइङ्गले मंगलबार प्रेस ब्रिफिङमा यस्तो बताएकी हुन् । उनले चीनले कुनै देशको एक इन्च जग्गा पनि कब्जा नगरेको दाबी गरेकी छन् ।

उनले भनिन्, ‘चीनले कहिले पनि कुनै द्वन्द्व उत्पन्न गरेको छैन । न त चीनले कुनै देशको एक इन्च जग्गा कब्जा गरेको छ । चिनियाँ सेनाले कहिले पनि एलएसी रेखालाई पार गरेको छैन । सायद त्यहाँ सञ्चारको मुद्दा हुनसक्छ ।’

यस अघि भारतको चिनियाँ दूतावासले पनि भारतीय सैनिकले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा बिभिन्न ठाउँहरुबाट अवैध रुपमा सीमा पार गरेको बताएको थियो ।

दूतावासले भनेको छ, ‘चीनले भारतलाई औपचारिक रुपमा सीमा सेनालाई नियन्त्रण गर्न आग्रह गरेको छ ।’