के कोरोना भाइरस प्रयोगशालामा बनाइएको हो ? यसो भन्छ चीन - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

के कोरोना भाइरस प्रयोगशालामा बनाइएको हो ? यसो भन्छ चीन



एजेन्सी- अमेरिकाको संचार माध्यम केबल न्युज नेटवर्क ‘सीएनएन’ले बिहीबार कोरोना भाइरस ‘कोभिड १९’ चीनको प्रयोगशालामा निर्माण भएको उल्लेख गरेको थियो।

अमेरिकी अनुसन्धानकर्तालाई उदृतगर्दै सीएनएनले कोरोना भाइरस चीनको माछा बजारमा नभएर प्रयोगशालामा निर्माण भएको जनाएको थियो।

यस विषयमा थप अनुसन्धान भइरहेको पनि सीएनएनको समाचारमा जनाइएको थियो। तर सीएनएनको समाचार सार्वजनिक भएपछि चीनले यस विषयमा प्रतिक्रिया जनाएको छ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त समाचार झुठो भएको बताएका छन्।

उनले भनेका छन्,‘कोरोना भाइरसको विषयमा चीनको दृष्टिकोण जहिल्यै सफा छ। यो वैज्ञानिक विषय भएकाले यसलाई वैज्ञानिक र चिकित्सकले अध्ययन गर्नुपर्छ।’

उनी भन्छन्,‘विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरस ‘कोभिड १९’ प्रयोगशालामा निर्माण नभएको बताइसकेको छ।’

झाओले महामारी र सरुवा रोग अन्तर्राष्ट्रिय समुदाय र विश्वका मानिसकै दुश्मन भएकाले यस रोगविरुद्ध सबैले एक भएर अगाडि बढ्नुपर्ने भनाइ राखेका छन्। उनले यो आरोप र प्रत्यारोपमा उत्रिने समय नभएको जनाए।

चीनले कोरोनाविरुद्ध जित निकाल्न अन्य देशहरुसँग सहकार्य जारी राख्ने पनि उनले बताएका छन्।