चीनले बीबीसीमाथि प्रतिबन्ध लगायो - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

चीनले बीबीसीमाथि प्रतिबन्ध लगायो



एजेन्सी- चीनले बिबिसीमाथि प्रतिबन्ध लगाएको छ । गलत रिपोर्ट प्रशारण गरेको भन्दै चीनले बिबिसीको वर्ल्ड टेलिभिजनलाई प्रतिबन्ध लगाएको छ।

बिबिसीको वर्ल्ड टेलिभिजनले मिथ्या पत्रकारिता गरिरहेको दाबी गर्दै प्रतिबन्ध लगाएको जनाइएको छ।

हालै बिबिसीले प्रसारण गरेको चीनको कोरोना भाइरस र शिनजियाङमा विगर मुसलमानप्रति भएको शोषण बारेको रिपोर्टप्रति चिनियाँ प्रशासनले असन्तुष्टि जनाएको छ।

तर, बिबिसीका एशिया सम्पादकले चीनमा वर्ल्ड सर्भिस टेलिभिजनमाथि प्रतिबन्ध लगाइँदा कुनै असर नगर्ने बताएका छन् ।

एशिया सम्पादकका अनुसार अधिकांश चिनियाँका लागि यो सेवा पहिलेदेखि नै बन्द गरिएको थियो। यद्यपि बिबिसीले चीन प्रशासनको यो कदमप्रति खेद व्यक्त गरेको छ।

गत साता बेलायतको नियामक निकाय अफकमले चिनियाँ सरकारी च्यानल सिजिटीएनको प्रसारण लाइसेन्स निलम्बित गरिदिएको थियो।