वुहानमा बनाइएका सबै अस्पताल बन्द: चीनमा कोरोना नियन्त्रणतर्फ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

वुहानमा बनाइएका सबै अस्पताल बन्द: चीनमा कोरोना नियन्त्रणतर्फ



एजेन्सी- चीनको वुहानमा कोरोना भाइरसको संक्रमणपछि निर्माण गरिएका १५ वटै अस्थायी अस्पताल बन्द गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिन फिङको भ्रमण लगत्तै कोरोना भाइरसको नियन्त्रणका लागि बनाइएका अस्थायी अस्पताल बन्द गरिएको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख भएपछि अस्थायीरुपमा निर्माण गरिएका १५ अस्पताल बन्द गरिएको चाइना डेलीले जनाएको छ ।

पछिल्लो एकहप्तामा वुहानमा निर्माण गरिएका अस्पताल बन्द गर्न थालिएको थियो ।

वुहान बाहिर नयाँ बिरामी नदेखिएपछि चिनियाँ राष्ट्रपति सीले मंगलबार वुहानको भ्रमण गरेका थिए । सोमबार जम्मा १९ जना नयाँ संक्रमित भेट्टिएका थिए ।

८० हजार भन्दा धेरैमा संक्रमण भएकोमा अहिलेसम्म ६५ हजार जना उपचारपछि घर फर्किएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

अब झण्डै १५ जनाको उपचार भैरहेको चिनियाँ अधिकारीहरुले बताएका छन् । कोरोना भाइरस नियन्त्रण उन्मुख भएपछि चिनियाँ राष्ट्रपतिले वुहान क्षेत्रको अवलोकन गरेका छन् ।

वुहान पुगेका राष्ट्रपति सीले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र आम नागरिकलाई धन्यवाद दिएका छन् । उनले स्थानीय नागरिक, सुरक्षा, स्वास्थ्यकर्मी र बिरामीसँग भेटवार्ता गरेका छन् ।