चीनले दस दिनमा बनायो यस्तो अस्पताल (फोटो फिचर) - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

चीनले दस दिनमा बनायो यस्तो अस्पताल (फोटो फिचर)



एजेन्सी- महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न चीनले दस दिनमा हजार शैय्याको अस्पताल निर्माण सम्पन्न गरेको छ। हुबेई प्रान्तको राजधानी वुहानमा सो अस्थायी अस्पताल तयार पारिएको हो।

हुवोशेशान अस्पतालको निर्माण आइतबार सकिएको हो। उक्त अस्पतालमा कोरोना भाइरसका संक्रमित बिरामीको उपचार गरिने बताइएको छ।

नव निर्मित अस्पतालमा उपचारका लागि १,४०० जना सेनाका चिकित्सक खटाइएको छ। नव निर्मित अस्पतालमा सोमबारदेखि उपचार सुरु गरिने बताइएको छ।

यसैगरी अर्को १,६०० शैय्याको अस्पताल पनि बनाउने चीनले घाेषणा गरेको छ। उक्त अस्पतालको निर्माण फेब्रुअरी ६ देखि सुरु हुने बताइएको छ।

चीनमा आइतबारसम्मको तथ्यांकमा ३६१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्। आइतबार ५७ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। त्यस्तै २,८२९ जना नयाँ सङ्क्रमित बिरामी थपिएका छन्। यससँगै चीनमा सङ्क्रमित हुनेको संख्या १७,२०५ पुगेको छ।

आइतबार मात्रै चीनबाहिर फिलिपिन्समा भाइरसका कारण एक पुरुषको ज्यान गएको थियो।