चीन फेरि अर्को महामारीतर्फ - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

चीन फेरि अर्को महामारीतर्फ



एजेन्सी- कोरोना भाइरसको उद्गमस्थल चीनमा गएको २४ घण्टामा १६ नयाँ संक्रमित थपिएका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगकका अनुसार १६ मध्ये १५ जनामा कोरोनाको लक्षण देखिएको थिएन। यस अवधिमा चीनमा कुनै व्यक्तिको मृत्यु नभएको जनाइएको छ।

गत अप्रिल १५ मा चीनमा कोरोनाका कारण मानिसको मृत्यु भएको थियो। त्यसयता चीनमा मृत्युको कुनै घटना छैन।

जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार चीनमा हालसम्म ८३ हजार ९७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। यीमध्ये ४ हजार ६३७ को मृत्यु हुँदा ७८ हजार ४६ उपचारपछि स्वस्थ बनेका छन्।

हाल चीनमा ८३६ जना लक्षण बिनाका कोरोना संक्रमितको उपचार भइरहेको छ। लक्षण बिना पनि कोरोना संक्रमण हुने भएकाले कोरोनाविरुद्धको उपाय अवलम्ब गर्न विज्ञहरुको सुझाव छ।

सरसफाइमा ध्यान दिने, दोहोर्याउँदै हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, रुघाखोकी तथा निमोनिया भएका बिरामीको नजिक नजाने, व्यक्ति व्यक्तिबीचको दुरी कायम गर्नेजस्ता उपाय अपनाए कोरोनाबाट बच्न सकिने विज्ञ बताउँछन्।