के चीनले नाकाबन्दी गरेको हो ? यसो भन्छन् परराष्ट्रमन्त्री - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

के चीनले नाकाबन्दी गरेको हो ? यसो भन्छन् परराष्ट्रमन्त्री



काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोरोना संकट सुरु भएसँगै चीनसँगको आयात निर्यातमा गम्भीर असर परेको बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री खड्काले चीनसँगको उत्तरी नाकाबाट आयात धेरै भइरहे पनि निर्यात ठप्प रहेको बताएका हुन्।

‘चीनसँगका नाकाबाट आयात धेरै भइरहेको छ। यताबाट सामान पठाउन सकिएको छैन। निर्यात ठप्प छ’, उनले भने, ‘यो समस्या समाधान गर्न चीनसँग कुराकानी भइरहेको छ।’

उनले गोरखासहितका हिमाली जिल्लामा चीनको बाटो हुँदै खाद्यान्न लैजानुपर्ने बाध्यता रहेको पनि बताए।

‘हाम्रा गोरखा लगायत केही ठाउँमा चीनको बाटो हुँदै खाध्यान्न लैजानुपर्ने अवस्था छ। त्यसका लागि चीनसँग कुराकानी भइरहेको छ’, उनले पत्रकार सम्मेलनमा भने।

खड्काले कोरोना संकटपछि नेपाल फर्किएका विद्यार्थीहरुलाई फेरि चीन पठाउने पहल भइरहेको पनि बताए।

‘कोरोनाका कारण चीनबाट आएर नेपालमा रोकिएका विद्यार्थी फर्काउन कुरा भइरहेको छ’, उनले भने।