चीनमा आज पनि भेटिए कोरोना संक्रमित : यस्तो छ पछिल्लो अवस्था - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

चीनमा आज पनि भेटिए कोरोना संक्रमित : यस्तो छ पछिल्लो अवस्था



एजेन्सी- चीनमा कोरोना भाइरस (कोभिड–१९) का थप ४९ संक्रमित भेटिएका छन्। आइतबार चीनका विभिन्न स्थानमा नयाँ संक्रमित भेटिएका हुन्।

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार संक्रमितमध्ये ३९ जना स्थानीय रूपमै संक्रमित भएका हुन्। स्थानीय रूपमा संक्रमित भएकामध्ये ३६ जना बेइजिङ र अन्य ३ जना हुबेइ प्रान्तमा रहेका छन्।

यससँगै चीनमा हालसम्म ८३ हजार १८१ मा संक्रमण पुष्टि भएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले उल्लेख गरेको छ। त्यस्तै ४ हजार ६३४ को ज्यान गएको छ। साथै ११२ जनाको उपचार भइरहेको छ।

गत डिसेम्बरको अन्तिमदेखि फैलिएको कोरोनाबाट हालसम्म विश्वभर ७९ लाख बराबर संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ३७ लाख ६८ हजार ९०१ निको भइसकेका छन्। त्यस्तै ४ लाख ३३ हजारको ज्यान गएको छ।