प्रशान्त क्षेत्रको आफ्नो भु-भाग एक ईञ्च पनि हामी छाड्दैनौं – राष्ट्रपति जिङपिङ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रशान्त क्षेत्रको आफ्नो भु-भाग एक ईञ्च पनि हामी छाड्दैनौं – राष्ट्रपति जिङपिङ



एजेन्सी | बेइजिङ्ग भ्रमणमा आएका अमेरिकी रक्षा सेक्रेटरी जेम्स म्याटिससँगको भेट वार्तामा चिनिया राष्ट्रपति सी जिनपिङ्गले प्रशान्त महासागरको एक इन्च जमिन पनि आफूहरुले नछाड्ने बताएका छन् ।

सरकारी मिडियाहरुका अनुसार भेटका क्रममा सीले “चीन आफ्नो सार्बभौमसत्ता र भूभागिय अखण्डताको अढानमा स्पष्ट र दृढ छ ।” बताए ।

“हामी अरुबाट एक इन्च जमिन पनि चाइदैनौं र पुर्खाले हामीलाई सुम्पेको भूभागबाट एक इन्च जमिन पनि दिदैनौं ।” सीले भने ।

म्याटिसको सीसँग ग्रेट हल अफ द पिपुलमा भएको सम्बाद बेइजिङ्ग र बासिन्टनबीच व्यापारको बिषयमा मात्र नभएर , पछिल्लो समय दुबै देशका सेनामा एक अर्काप्रति बढीरहेको शंका र सजगताका कारण बढेको तनाब कम गर्ने प्रयासको श्रृङ्खलामा भएको हो ।

म्याटिस सन् २०१४ यता चीन भ्रमण गर्ने पहिलो अमेरिकी रक्षा सेक्रेटरी हुन् । उनले चीनमा आफ्ना समकक्षी वेई फेङ्गे र अन्य शिर्ष जनरलहरुसँग पनि भेटे ।

सीले अमेरिकी रक्षा प्रमुखलाई दक्षिणी चिनिया सागरको विषयमा प्रशान्तीय क्षेत्रमा असमती भएको भए पनि “सैन्य मामलाका असली विज्ञहरुले आफ्ना मुद्धाहरु समाधान गर्नका लागि सेना संलग्न नगराउने धेरै पहिले देखि थाहा भएको कुरा हो ।” भने ।

चीन र अमेरिकाबीच प्रशान्तीय क्षेत्रमा रहेका विवादहरु

चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका र दक्षिण कोरिया बीचको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णयको स्वागत गरेको छ । ट्रम्पले उत्तर कोरियाली नेतासँग भएको भेटवार्ता पछि यो निणर्य लिएका हुन् ।

तर पेन्टागनका अन्य कदमले बेइजिङ्गसँगको सम्बन्धमा तनाब बृद्धी भइरहेको छ ।

पूर्व समून्दी जनरल रहेका म्याटिसले दक्षिण प्रशान्त सागरमा समून्द्री सैन्य अभ्यास जारी राख्ने निर्णयले बेइजिङ्गलाई चिड्याएको छ ।

पेन्टागनले अघिल्लो महिना प्रशान्त महासागरसँग जोडिएका देशहरु सहभागी रहने वार्षिक रुपमा हुने बहुराष्ट्रिय सैन्य अभ्यास ‘रिमप्याक’मा सहभागी जनाइरहेको देश चीनलाई यो वर्ष नआउन भन्यो । पेन्टागनले चीनले दक्षिणी चिनिया सागरको विवादित क्षेत्रमा नयाँ मिसाइल प्रणालीको तैनाथीको कार्यलाई यसको लागि जिम्मेदार बतायो ।

दुई देशबीच रहेको अर्को विवादित विषय भनेको चीनको दक्षिण–पूर्वी समून्द्री किनार नजिक रहेको स्वशासित टापू ताइवान हो । चीनको विरोधको बाबजुद अमेरिकाले ताइवानमा अत्याधुकि हतियार बेचिरहेको छ । अमेरिकाले ताइवान रिलेशन एक्ट अन्तर्गत यो कदम जारी राखेको छ ।

चीनले ताइवानलाई आफ्नो अभिन्न अङ्ग बताउदै आएको छ ।

त्यस्तै अमेरिकी सैन्य अधिकारीहरुले प्रशान्त क्षेत्रमा रहेको अमेरिकी लडाकु विमानहरुमाथि चीनले लेजर आक्रमण गरिरहेको आशंका गरेका छन् ।

अघिल्लो वर्षको सेप्टेम्बरबाट उनीहरुले २० यस्ता घटना अनुभव गरिसकेको बताएका छ । बेईजिङ्गले यसलाई विशुद्ध बनावटी आरोप भन्दै आएको छ ।