चीनसँग सम्झौता भयो ,भारतको मात्रै भर पर्नु पर्दैन :परराष्ट्रमन्त्री ज्ञवाली - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

चीनसँग सम्झौता भयो ,भारतको मात्रै भर पर्नु पर्दैन :परराष्ट्रमन्त्री ज्ञवाली



गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले अब कहिल्यै पनि विगतमा जस्तो नाकाबन्दी भोग्नु नपर्ने बताएका छन। उनले अब नेपालले नाकाबन्दीको कल्पना पनि गर्न नपर्ने अवस्था ल्याइएको धारणा राखेका थिए।

मन्त्री ज्ञवालीले भर्खरै मात्र चीनसँग पारवहन सम्झौता भएकाले अब भारतमा मात्रै भर पर्न नपर्ने अवस्था ल्याइएकाले अब नाकाबन्दी भोग्न नपर्ने बताएका हुन। उत्तरी नाका खुला भएकाले चीन हुँदै समुद्री माध्यमबाट तेस्रो मुलुकहरूसँग जोडिन सकिने भएकाले नाकाबन्दीको कल्पनासमेत गर्नु नपर्ने उनको दाबी थियो। आइतबार गुल्मी दरबार गाउँपालिका ७ र ३ राजा जोडने हरियाली सडकको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो दाबी गरेका हुन।

मन्त्री ज्ञवालीले विकासको लागि जग बसिसकेकाले अब विकास निर्माणले तीव्रता पाउने बताए। सुखी नेपाली, समृद्ध नेपालको नारा आत्मसात गर्न जरुरी भएको औँल्याउँदै ज्ञवालीले अबको समृद्धि कृषि उत्पादनसँग जोडिनुपर्ने तर्क गरे।