बालबालिकाप्रति राष्ट्र सधैं संवेदनशिल रहनेछ : मन्त्री थापा - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

बालबालिकाप्रति राष्ट्र सधैं संवेदनशिल रहनेछ : मन्त्री थापा



काठमाडौं । बालबालिकाको सञ्जाल कन्सोटियमद्वारा राजधानीमा आयोजित दुई दिने विषेश भेलामा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिका र जेष्ठ नागरिकको विषयमा सरकार गम्भिर रहेको बताएकी छिन् । उनले भनिन् बालबालिका राष्ट्रका कर्णधार भएकाले सरकार सधैं संवेदनशिल हुनेछ ।

सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले बालबालिकाको विषयलाई वेवास्ता गर्न नहँुने धारण राखिन । अन्सारीले मानव अधिकार उलंघनका घटनालाई आयोगले नजिकबाट निहालिरहेको बताईन ।

आयोजक कन्सोटियमका अध्यक्ष सन्तराम डंगोलले बालबालिकाका समस्याहरुलाई सरकार र सरोकारवाला सबैको साझा सवाल भएकोमा जोड दिदै सबै मिलेर समस्याको हल खोज्नुपर्ने बताए । डंगोलले बाल अधिकारको संरक्षण र संर्वद्धनको काम सरकारले गर्नु पर्नेमा जोड दिए ।

सम्मेलनमा सातवटै प्रदेशबाट ३० जना बालबालिकाहरु सहभागी रहेको भएका छन् ।

-फाइल तस्विर