आन्दोलनरत चिकित्सक भन्छन् : मर्न तयार छौँ, आन्दोलन रोक्दैनौं - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

आन्दोलनरत चिकित्सक भन्छन् : मर्न तयार छौँ, आन्दोलन रोक्दैनौं



काठमाडौं– आन्दोलनरत चिकित्सकले सरकारले दवाउन खोजे आफुहरु मर्न तयार रहेको तर आन्दोलन रोक्न नसक्ने बताएका छन् । सरकारले अस्पताल, एम्बुलेन्स, औषधि उत्पादनका क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय गरेपछि उनीहरुले यस्तो प्रतिक्रिया जनाएका हुन्  ।

आज नै सरकारले अस्पताल क्षेत्रमा हडताल गर्न नपाइने निर्णय गरेको छ ।

‘मन्त्रीपरिषद्को निर्णय जे सुकै आओस् हाम्रो आन्दोलन रोकिदैन, प्रधानमन्त्रीले गरेको प्रतिवद्धता कायन्वयन नगर्ने अनि विरोध गर्न पनि नपाइने,’ एक डाक्टरले भने, ‘मन्त्री परिषद्ले सरकारी चिकित्सक चाहिदैन भनेर निर्णय गरोस् हामी तुरुन्तै राजिनामा दिन्छौं ।’

सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै अस्पताल, एम्बुलेन्स, औषधि उत्पादनका क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय भएको बताएका हुन् । अस्पताल क्षेत्रमा हडताल गर्न नपाईने सुचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिएका छन् ।

यता कर्मचारी समायोजनमा असन्तुष्ट जनाउँदै सरकारी चिकित्सकले शुक्रबार (भोली) नै अस्पताल बन्दको कार्यक्रम घोषणा गरीसकेको छ । मन्त्रीपरिषद्को निर्णय अनुसार चिकित्सकको अस्पताल बन्दको कार्यक्रम कानुन विपरित ठहर हुनेछ ।

अस्पतालमा हड्ताल गर्न नपाइने मन्त्रीपरिषद्को निर्णय सार्वजनिक भएपनि सरकारी चिकित्सकले भने आफ्नो आन्दोलनको कार्यक्रम जारी रहने बताएको छ ।

फाइल तस्बिर