डाक्टरको लापरबाहीमा डाक्टरले नै क्षतिपूर्ति दिने कानुन असफल - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

डाक्टरको लापरबाहीमा डाक्टरले नै क्षतिपूर्ति दिने कानुन असफल



असोज ७, काठमाडौं-

चिकित्सकको चरम लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउने तयारीमा जुटेको सरकार चिकित्सकहरुकै दबाबमा पछि हटेको छ ।

सरकारको निर्णयलाई लिएर मेडिकल एसोसिएसनले देशभरका अस्पतालको सेवा बन्द गराउँदै आन्दोलनमा उत्रिएपछि सरकार निर्णय फिर्ता लिन बाध्य भएको हो ।

मन्त्रिपरिषदको सोमबारको  बैठकले चिकित्सकको लापरबाहीले  बिरामीको मृत्यु भए क्षतिपूर्ति चिकित्सकबाटै भराउने गरी कानुन बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो ।

चिकित्सकहरूले उक्त निर्णयविरुद्ध तत्कालै ७२ घण्टे अल्टिमेटम दिएका थिए ।

उनीहरूले देशभरका अस्पताल ठप्प पार्दै आन्दोलन थालेपछि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निर्णय सच्याइएको व्यहोरासहितको विज्ञप्ति जारी गरेको खबर आजको कान्तिपुरमा छ ।