चिकित्सा शिक्षा विधेयक सम्झौता विपरित , फेरि अनसन शुरु गर्ने केसीले दिए चेतावनी

काठमाडौं। चिकित्सा शिक्षा विधेयक विगतमा आफूसँग भएको सम्झौता विपरित आउन लागेको भन्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले आपत्ति जनाएका छन् ।
उनले आफूसँग सहमतिअनुसार नै विधेयक नआए फेरि अनसन शुरु गर्ने चेतावनी दिए ।
डा केसीले भने, ‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने गरी फोहोरी खेल खेल्ने काम हुँदैछ,’ उनले भने, ‘हामीसँग विगतमा जे सहमति भएको थियो, त्यही अनुसारको विधेयक आउनुपर्छ । त्यो भन्दा विपरित भए १७ गते अघि नै अनसन बस्छु ।’
सोमबारको छलफलमा पनि मन्त्रीले सोही अडान लिएपछि ११ गतेको संसद बैठकमा विधेयक पेश हुने सम्भावना न्यून हुँदै गएको छ ।

