पदकमा पनि 'चुच्चे नक्सा' गायव - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

पदकमा पनि ‘चुच्चे नक्सा’ गायव



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोक्रो राष्ट्रवादीको आरोप लागिरहेका बेला सरकारले दिएका मानपदवी, अलङ्कार र पदकमा नेपालको नयाँ नक्सा भने गायव पारिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा राष्ट्रका विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन् । तर राष्ट्रपतिले नै वितरण गरेक पदकमा एक वर्ष अगाडी संसदले अनुमोदन गरेको नक्सा छैन । पदकमा पुरानै नक्सा राखिएको छ ।

राष्ट्रपतिले प्रदान गरेको पदकमा नेपालले गत नै वर्ष अनुमोदन गरेको नयाँ नक्सा नराखिएको भन्दै सामाजिक सञ्जालमा अहिले बिरोध गरिएको छ । संसदले समेत अनुमोदन गरेको उक्त नक्सामा सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेकसहितको भूमि पनि समेटिएको छ ।

‘चुच्चे नक्सा खै’ भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पदकका फोटोहरू भाइरल बनाएका छन् । यसअघि सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गर्दा पनि पुरानै नक्सा ब्यानरमा राखेको भन्दै विरोध भएको थियो ।

भारतको विरोध गरेको र नक्सा पास गरेकै कारण राष्ट्रवादी छवी बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पाठ्यक्रममा समेत नयाँ नक्सा नराख्न निर्देशन दिएको आरोप लाग्ने गरेको छ ।